लुम्बिनीका मुख्यमन्त्री गिरीसहित २ विभागीय मन्त्रीले लिए सपथ

काठमाडाैं | पुस २८, २०७९

लुम्बिनीका मुख्यमन्त्री गिरीसहित २ विभागीय मन्त्रीले लिए सपथ

बुटवल:  लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले पद तथा गोेपनियताको शपथ लिएका छन् ।


प्रदेश राजधानी दाङको देउखुरीस्थित प्रदेश प्रमुखको सम्पर्क कार्यालयमा आयोजित समारोहमा प्रदेश प्रमुख अमिक शेरचनले गिरीलाई शपथ दिलाएका हुन् ।


लगत्तै शेरनले २ जना बिना विभागीय मन्त्रीलाई पनि शपथ गराएका छन् ।


मुख्यमन्त्री गिरीले नेकपा एमालेबाट अर्घाखाँचीका चेतनारायण आचार्य र सत्ता साझेदार माओवादी केन्द्रबाट बाँकेकी कृष्णा केसीलाई मन्त्री नियुक्त गरेका थिए ।


यसअघि माओवादी केन्द्रबाट संसदीय दलका नेता जोखबहादुर महरा मन्त्री नियुक्त हुने चर्चा भए पनि मन्त्रालय टुंगो नलागेपछि उनले बिना विभागीय मन्त्री बन्न इन्कार गरेका छन् ।


रुपन्देही २ को प्रदेश सभा १ बाट निर्वाचित नेकपा एमालेका गिरी प्रदेश सभाका १० मध्ये ७ दलका ५६ जना र २ स्वतन्त्र गरी ५८ सांसदको समर्थनमा संविधानको धारा १६८ को २ अनुसार बुधबार मुख्यमन्त्री नियुक्त भएका थिए ।


मुख्यमन्त्री गिरीले मन्त्री परिषद विस्तार गर्न थप समय लाग्ने बताएका छन् ।

काठमाडौं ।    नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको अध्यक्षमा पून्यप्रसाद सिटौला (सरोज) निर्वाचित भएका छन् ।    पोखरामा भएको महासंघको सातौँ महाधिवेशनबाट सिटौला अध्यक्षमा निर्वाचित...

थप पढ्नुहोस्

पोखरा ।    कास्कीको मादी गाउँपालिका ८ को आयोजनामा सबुपोखरी पदमार्गको प्रवद्र्धन गर्ने उद्देश्यसहित २ दिने हाइकिङको आयोजना गरिएको छ ।   नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश, अन्नपूर्ण संरक्षण क्षेत्...

थप पढ्नुहोस्

कास्की —पोखराको अमरसिंह चोकबाट एक महिला बेपत्ता भएकी छन् ।   मादी गाउँपालिका ८ पाखुरीकोट मिजुरे माइतीघर भई हाल रामबजार बस्ने रितु गुरुङ विगत केही दिनदेखि बेपत्ता भएकी हुन् ।   ...

थप पढ्नुहोस्